
सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद दोस्रो पटक थप गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
आयोगले प्रतिवदेन लेख्न बाँकी रहेको जनाउँदै केहीदिन अघि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कम्तीमा २० दिन समय थप गर्न आग्रह गरेको थियो । आयोगले जेनजी आन्दोलनमा बल प्रयोग गरेको विषयमा तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायत सुरक्षा प्रमुखहसँग बयान लिइसकेको छ ।यसअघि पनि सरकारले आयोगको म्याद एक महिना थप गरिसकेको छ।
यसैबीच बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो ।