
नवलपरासी, माघ ८ :
नवलपरासी - २ मा उम्मेदवारी दिएका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य नेता तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले कांग्रेसबाटै मनोनयन दर्ता गरेका भीमबहादुर थापाको उम्मेदवारी कायम राख्दै कँडेलको उम्मेदवारी रद्द गरेको हो ।
कांग्रेसका कँडेल र थापाले मनोनयन दर्ता गराएपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो । पहिले नै उम्मेदवारी दिएका थापाको उम्मेदवारी कायम गरिएको छ ।
क्षेत्र नम्बर १ र २ मा गरी ५७ जनाले उम्मेदवारी दिएकोमा ५५ जनाको मात्र कायम भएको छ ।