नेपाली कांग्रेसले नवलपरासी क्षेत्र नं. २ मा आधिकारिक उम्मेदवार देवेन्द्रराज कँडेल भएको जानकारी दिएको छ । पार्टी सभापति गगनकुमार थापाले निर्वाचन आयोगलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे जानकारी गराएका हुन् ।
यसअघि निर्वाचन आयोगले बिहीबार भीमबहादुर थापाको उम्मेदवारी कायम रहेको जानकारी दिएको थियो । दुवै जनाले पार्टीबाट टिकट ल्याएर उम्मेदवारी दर्ता गरेपछि आधिकारिकता विवाद उत्पन्न भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।