फाइल तस्बिर ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरुलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका हुन् ।
उनले देशलाई फेरि अर्को अनिष्टमा जान नदिने जिम्मेवारी आफूहरुले लिएको भन्दै वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकैठाँउमा ल्याउने अभियानको सुरुवात गरेको धारणा राखे । राष्ट्र संकटमा रहेकाले वामपन्थीहरु एकताबद्ध हुन उनले आह्वान समेत गरे ।
त्यस्तै प्रचण्डले जेनजी आन्दोलन र संसद् विघटनपश्चात संसद् पुर्नस्थापना र सर्वपक्षीय सरकारको चर्चा चलेपछि आफूहरुले निर्वाचनमा नै जोड दिएको धारणा राखे । अहिले देश निर्वाचनभय भइसकेको उल्लेख गर्दै प्रचण्डले निर्वाचनमा नेकपा एक नम्बरको पार्टी हुने दाबी गरे ।