शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देश दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ माघ, २०८२ मा प्रकाशित
बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देश दुर्घटनामा पर्न सक्छ : प्रचण्ड
फाइल तस्बिर ।
काठमाडौं, माघ ९ :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरुलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका हुन् ।

उनले देशलाई फेरि अर्को अनिष्टमा जान नदिने जिम्मेवारी आफूहरुले लिएको भन्दै वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकैठाँउमा ल्याउने अभियानको सुरुवात गरेको धारणा राखे । राष्ट्र संकटमा रहेकाले वामपन्थीहरु एकताबद्ध हुन उनले आह्वान समेत गरे ।

त्यस्तै प्रचण्डले जेनजी आन्दोलन र संसद् विघटनपश्चात संसद् पुर्नस्थापना र सर्वपक्षीय सरकारको चर्चा चलेपछि आफूहरुले निर्वाचनमा नै जोड दिएको धारणा राखे । अहिले देश निर्वाचनभय भइसकेको उल्लेख गर्दै प्रचण्डले निर्वाचनमा नेकपा एक नम्बरको पार्टी हुने दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार