बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
राजनीति प्रदेश बागमती प्रदेश

राष्ट्रिय सभा निर्वाचन : वागमतीमा मध्याह्नसम्म ८० प्रतिशत मतदान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ माघ, २०८२ मा प्रकाशित
राष्ट्रिय सभा निर्वाचन : वागमतीमा मध्याह्नसम्म ८० प्रतिशत मतदान
हेटौंडा, माघ ११ :

राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशमा मध्याह्नसम्म ८० प्रतिशत बढी मतदान भएको छ।  वागमती प्रदेशमा राष्ट्रियसभा सदस्यका दुई पदका लागि ६ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। कांग्रेस–एमालेबीच तालमेलमा उम्मेदवारी दिइएको छ। 

हेटौंडाको भुटनदेवी माविमा दुई केन्द्रमा मतदान भइरहेको छ । मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ। मध्याह्नसम्म प्रदेशसभा सदस्य १०४ जनामध्ये ७५ जनाले मतदान गरिसकेका छन् भने पालिकाका २३४ मतदातामध्ये २०३ जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन्।

कांग्रेसबाट महिला तर्फ उम्मेदवारी दिएकी गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झा, र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन उम्मेदवार रहेका छन्। यसैगरी अन्य समूहबाट एमालेको तर्फबाट प्रेमप्रसाद दंगाल, नेकपाकोतर्फबाट प्रेमप्रसाद सापकोटा र नेमकिपाकोतर्फबाट विक्रम डुकुछु उम्मेदवार छन्।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम रिक्त हुन आउने राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ। रिक्त हुने पदमध्ये एक जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । आज १७ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको हो। कोशी प्रदेशबाट एक जना निर्विरोध भइसकेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार