शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
खेलकुद

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ माघ, २०८२ मा प्रकाशित
काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने
काठमाडौं, माघ ११ :

डब्लुबीसी मोइथाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने भएको छ । डब्लुबीसी मोइ थाई नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी जेनेवरी ३१ तारिकका दिन मितेरी स्पोटर्स हव, बुढानिलकण्ठमा इएफएस फाइट नाइट सेभेन आयोजना गर्न लागिएको जनाएको हो ।

राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपालका सात वटै प्रदेश र २४ जिल्लाका १५ जिमबाट ७० खेलाडीहरु सहभागी हुनेछन् । त्यसैगरि भारतबाट पनि अन्तराष्ट्रिय सहभागीता रहने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा डब्लुबीसी मोइ थाई राष्ट्रिय उपाधिका लागि गुमन घर्तिमगर, कर्ण बहादुर मगराती, आलिश बोम्जोम र लाक्पा तामाङ प्रतिष्पर्धामा उत्रनेछन् । विजेतालाई ५० हजार नगद पुरस्कारसहित डब्लुबीसी मोइ थाई उपाधि बेल्ट प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ ।

उक्त प्रतियोगीता डिश होमको एन्सन स्पोटर्स र डिश होम गो एपबाट प्रत्यक्ष प्रसारण हुने डब्लुबीसी मोइ थाई नेपालका अध्यक्ष राजु राइले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार