काठमाडौं, माघ ११ :
नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज आयोजित समारोहमा विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन् । तीमध्ये समारोहमा एक सय ९१ जनाको उपस्थिति थियो ।
प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरे। समारोहमा शिक्षाविद एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहे । विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
न्यायाधीशलाई मेलमिलापको भूमिकामा राख्ने कुरालाई बारले स्वीकार्दैन : अध्यक्ष मिश्र