
हेटौैडा, माघ ११ :
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि वागमती प्रदेशमा ९४ प्रतिशतभन्दा बढी मत खसेको छ। दुई पदका लागि भएको निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख /अध्यक्ष र उपाध्यक्ष २३४ मध्ये २२९ जनाले मतदान गरेका छन् । ५ जना उपस्थित भएनन् ।
यस्तै प्रदेशसभा सदस्य र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरेर ३३८ जनाले मतदाता रहेका थिए । तीमध्ये २० जनाले मतदान गरेनन् । राप्रपाले भने मतदानमा भाग लिएन । राष्ट्रिय सभा सदस्यका लागि वागमतीबाट दुई पदका लागि ३ महिलासहित ६ जनाले उम्मेदवारी दिएका थिए । बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म सकिएको छ । निर्वाचन अधिकृत गीता श्रेष्ठले सर्वदलीय बैठक पश्चात् मतगणना सुरु गरिएको बताइन्।