सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना, को-को छन् सदस्य ?

केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ माघ, २०८२ मा प्रकाशित
संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना, को-को छन् सदस्य ?
काठमाडौै, माघ ११ :

निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ । आयोगको कार्यालयमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरेका हुन्। 

त्यस अवसरमा उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आए तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए। मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । 

आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ । आगामी फागुन २१ गते  प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार