
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका बानेन्द्र साह ‘बालेन’ पूर्वको भ्रमण सकेर पश्चिमतिर लागेका छन् । रास्वपाको ब्रान्डको रुपमा स्थापित बालेन मत माग्न आज नेपालगञ्ज हुँदै बर्दियाँ तर्फ लागेका छन्। बर्दिया-१ का उम्मेदवार ठाकुरसिंह थारूले आज बालेनको बर्दियाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम रहेको जानकारी दिए।
यता बालेनको चुनावी क्षेत्र झापामा भने उनी पत्नी सविना काफ्लेले घरदैलो सुरु गरेकी छन् । उम्मेदवारी मनोनयनका लागि झापा पुगेका बालेन पूर्वका सवैजसो जिल्लाको भ्रमण गरेर दुई दिनअघि मात्रै काठमाडौ फर्केका थिए । पूर्वी नेपालबाट फर्केपछि आइतबार काठमाडौँमा विभिन्न क्षेत्रका उम्मेदवारसँग छलफल गरेका बालेन सोमबार पश्चिमतिर लागेका हुन्।
रास्वपाले बालेनलाई देखाएर भोट बटुल्ने रणनीति लिएको छ । त्यसो उनी काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि औपचारिक रुपमा नै रास्वाको वरिष्ठ नेताको पद पाएका छन् ।