मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
राजनीति

राष्ट्रिय सभा बैठक, कसले के भने ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ माघ, २०८२ मा प्रकाशित
राष्ट्रिय सभा बैठक, कसले के भने ?
काठमाडौै, माघ १३ :

राष्ट्रिय सभाको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा सदस्यहरुले विशेष समय लिएर समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा सांसद सुमित्रा बिसीले गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गरिन्।

यसैगरी राष्ट्रियसभा सदस्य गङ्गाकुमारी वेल्वासेले राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणका कारण नागरिकको ज्यान जाने र घाइते हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उल्लेख गरिन् ।

अर्का सांसद गोपीबहादुर सार्की आछामीले झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा हात्तीको आतङ्क बढ्दै गएको बताए ।

सांसद तुलसाकुमारी दाहालले सर्लाही जिल्लामा दादुरा र रुबेलाजस्ता सरुवा रोगको प्रकोप बढिरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा र पूर्वतयारीमा ध्यान दिनुपर्ने बताए।

सांसद मायाप्रसाद शर्माले जाजरकोट भूकम्पका पीडितले अझै पर्याप्त राहत नपाएका गुनासो गरे । पुनर्निर्माणका सम्पन्न नहुँदा भूकम्प पीडितको जीवन कष्टकर भएको उनले  बताए ।

सांसद शारदादेवी भट्टले मदिरापान गरी सवारीसाधन चलाउने तथा सवारी नियम उल्लङ्घन गर्नेलाई कठोर सजाय हुनुपर्ने बताइन् ।

जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगजनी गरिएका कारण सिंहदरबार भित्र बैठक बसेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार