शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न सक्दैन : कुलमान घिसिङ्

‘पुराना दलहरुले गरेको विकृति र विसंगतिलाई नयाँ भनिएका दलहरुले दोहोर्‍याए’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ माघ, २०८२ मा प्रकाशित
सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न सक्दैन :  कुलमान घिसिङ्
काठमाडौं, माघ १३ :

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ्ले सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठुला–ठुला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सही व्यक्ति नेतृत्वमा पुग्नुपर्ने बताएका हुन्। उनले यसअघिको निर्वाचनमा पुराना दलहरुले गरेको विकृति र विसंगतिलाई अहिले नयाँ भनिएका दलहरुले दोहराएको देख्दा दु:ख लागेको उल्लेख गरे ।

काठमाडौं क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका घिसिङ्ले देशलाई भ्रष्टाचार मुक्त बनाएर सुशासन कायम गर्न पार्टीका उम्मेद्वारहरुले सुशासनको अभ्यास गर्न सिक्नुपर्ने धारणा व्यक्त गरे । 

उनले देशका विभिन्न क्षेत्रमा धेरै समस्या रहेको भन्दै त्यसलाई समाधान गर्दै देशलाई समृद्धि तर्फ अघि बढाउन उज्यालो पार्टीलाई जनताले विश्वास गर्ने दाबी समेत गरे । कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई घिसिङ्ले उज्यालो नेपाल पार्टीमा प्रवेश गराएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार