
सर्वोच्च अदालतले वैदेशिक रोजगारीका लागि जापान जाने प्रशिक्षार्थी कामदारका लागि लिने भाषा परीक्षा विरुद्धको रिट खारेज गरेको छ। नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान) ले लिने भाषा परीक्षा विरुद्धको रिट खारेज गरेको हो ।
सरकारको उक्त निर्णय विरुद्ध अधिवक्ता हसिना प्रधान समेतले दायर गरेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले रिट खारेज गरेको हो । निर्देशिका खारेज भएपछि सबै म्यानपावर व्यवसायीले सहजै कामदार पठाउन पाउने व्यवस्था भएको मन्त्रालयले जनाएको छ। नेपालमा भने जिट्को मार्फत कामदार जाने गरेका थिए ।
निर्देशिका खारेज गरेर सबै म्यानपावर व्यवसायी मार्फत कामदार पठाउन पाउने व्यवस्था गर्न व्यवसायीले माग गर्दै आएका थिए । सोही अनुसार निर्देशिका खारेज गरेर अब सबै म्यानपावर व्यवसायीले सहज कामदार पठाउन पाउने मन्त्रालयले जनाएको छ ।