
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विपद् व्यवस्थापनमा सरकार चुकेको निष्कर्ष निकालेको छ ।
आईतबार बसेको केन्द्रीय समिति बैठक पश्चात् पत्रकारहरूसँग कुरा गर्दै पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले सरकार रवि लामिछाने‚ रास्वपा र सहकारीमा नै अड्किदा आवश्यक परेको बेला विपद व्यवस्थापनमा सरकार चुकेको बताएका हुन् ।
उनले दुई दिनको वर्षाले दुई तिहाइको सरकारको औकात देखाइ दिएको टिप्पणी गरेका छन् ।
पूर्व डीआइजी छविलाल जोशीलाई के आधारमा पक्राउ गरिएको भन्दै उनले प्रश्न समेत गरेका छन् । प्रक्रिया नपुर्याई जोशीलाई पक्राउ गरिएको कार्यवाहक प्रवक्ता झाले बताएका छन् ।
उनले रवि लामिछानेको विषयमा पनि प्रक्रियागत रूपमा अघि आएमा रास्वपा सहयोग गर्न तयार रहेको बताएका छन् । सरकार प्रक्रिया पुर्याएर आउनुपर्छ तर संचारमाध्यममा लेखेको भरमा पक्राउ गर्न मिल्दैन उनको भनाई छ ।
साथै चीनले राष्ट्रिय स्वतन्त्र पार्टीको अस्तित्वलाई स्वीकार गरेको समेत बताएका छन् ।