आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश मधेस प्रदेश

जनता बदलिएको कांग्रेसले देश चलाएको हेर्न चाहेका छन् : सभापति थापा

‘शेरबहादुर देउवासँग निरन्तर संवादमा छु ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ माघ, २०८२ मा प्रकाशित
जनता बदलिएको कांग्रेसले देश चलाएको हेर्न चाहेका छन् : सभापति थापा
धनुषा, माघ १६ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अहिले नेताहरूबीच मतभेद नभएको दाबी गरेका छन् । धनुषा-४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले  पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका हुन् ।

पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग पनि आफू निरन्तर संवादमा रहेर रायसुझाव लिइरहेको समेत बताए । उनले भने, ‘हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अहिले एक ढिक्का छौँ ।’

सभापति थापाले आजको दिनमा नयाँ भनेको माघमा विशेष अधिवेशन गरेर आएको नेपाली कांग्रेस नै भएको दाबी गरे। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको उल्लेख गर्दै उनले अहिले कांग्रेस बदलियर आएको बताए । जनताले बदलिएको कांग्रेस देशको नेतृत्वमा पुगेको हेर्न चाहेको थापाको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार