
काठमाडौं, माघ १६ :
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले केही शक्तिहरू निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोसिस गरिरहेको बताए । तर पार्टी पंङ्तिले अलि मेहनत गर्नुपर्ने उनको भनाइको छ।
राष्ट्रलाई एकताबद्ध गर्ने र आन्दोलनलाई एउटा नयाँ उचाइ दिनका लागि आफूले रुकुम पूर्वलाई चयन गरेको जनाउँदै उनले नेपाली क्रान्तिको, जनयुद्धकालको एउटा केन्द्रीय आधार इलाका भएकाले आफ्ना लागि खास क्षेत्र रहेको बताए ।
उनले सहिदहरूका सपना पूरा गर्न समुदायमा आधारित समाजवादको मोडेल खडा गर्ने प्रतिबद्धता समेत जनाए । प्रचण्डले जेन-जी आन्दोलनपछि मुलुक असाधारण जटिल परिस्थितिबाट गुज्रिएकाले पनि बताए ।