सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल #फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल
समाचार राजनीति

देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन: कांग्रेस प्रवक्ता चालिसे

· शनिबार, १७ माघ, २०८२ मा प्रकाशित
देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन: कांग्रेस प्रवक्ता चालिसे
काठमाडौं, माघ १७ :

नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउन नहुने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे । “देशको विकास, नागरिक अधिकारको रक्षा र स्वतन्त्रताका लागि भरोसायोग्य नेतृत्व आवश्यक छ । अहिलेको अवस्थामा त झनै सचेत भएर निर्णय गर्नुपर्नेछ । नागरिक मत नै परिवर्तनको आधार हो, त्यो जिम्मेवार प्रतिनिधिलाई मत दिएर प्रयोग गर्न आवश्यक छ । मतदान गर्ने कुरा तरकारी किन्दा छनोट गरेजस्तो विषय हैन, ज्यादै ध्यान दिएर आफ्नो र देशको भविष्य बनाउने भरोसायोग्य नेता चयन गर्नुपर्ने छ । यसपटक त्यसमा सबै सचेत बनौँ”, प्रवक्ता चालिसेले भने ।

उनले आफ्नो पार्टीले जनअपेक्षाअनुसार घोषणापत्र तयार गरिरहेको जानकारी दिँदै त्यसमा सबैले अपनत्व महसुस हुने गरी दृष्टिकोण अगाडि सारिने बताए। “हामी सबैको अपनत्व र सहभागिताको अनुभूति हुनेगरी छोटो र दीर्घकालीन दृष्टिकोण समेटिएको घोषणापत्र तयार गर्छौं, त्यसको तयारी हुँदैछ । केही दिनमा सार्वजनिक गरेर जनताका माझ पुर्याउँछौँ”, प्रवक्ता चालिसेले भने ।

उनले संयमित, व्यवस्थित र संस्कारयुक्त निर्वाचन प्रचारप्रसारका लागि आग्रह गर्दै आचारसंहिताअनुसार मात्र प्रचारप्रसारमा पार्टीको झन्डा प्रयोग गर्न आग्रह गरे । “आचारसंहिता उल्लङ्घन नहोस् भन्नेमा हामी सचेत छौँ । केन्द्रीय निर्वाचन परिचालन समितिले सबैलाई घर फर्किएर कांग्रेसलाई विजयी गराउन आग्रह गरेको छ, त्यसअनुसार सबै केन्द्रीय सदस्यलाई क्षेत्रमा खटाएइको छ । आआफ्नो क्षेत्रमा मर्यादित भएर पार्टीप्रति विश्वास जगाउने गरी खट्न, आचारसंहिताको पालना गर्न सचेत छौँ”, उनले भने ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार