काठमाडौं, माघ १८ :

सबैले श्रम नगरेसम्म देश बन्दै भन्दै आएका धरानका पूर्वमेयर हर्क साम्पाङले अहिले आफ्नो यो अभियानलाई काठमाडौंमा समेत विस्तार गरेका छन् । उनका कार्यकर्ताले काठमाडौं क्षेत्र नम्बर- ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन गरिरहेका छन् ।

उनको यो अभियान आफैंमा नराम्रो नभएता पनि कतिपयले निर्वाचनको मुखमा भएकाले यसलाई जनताको भोट बटुल्नो काइदा भनेका छन् । तर सो पार्टीले भने यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई विशुद्ध रूपमा समाजका लागि गरिएको र निरन्तर चलिरहने उनले बताए ।

धरानबाट सुरु भएको हर्कको श्रमदान अभियान काठमाडौंपछि कता जाने हो ? त्यो त थाहा छैन जेहोस् अहिले भने सो पार्टीका नेता–कार्यकर्ता काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ गरिरहेको देख्न सकिन्छ ।

काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा. वरुण अमात्यसँगै स्थानीय बासिन्दापनि सहभागी भएका छन् ।  यस अभियानमा संलग्न समूहलाई पार्टीले‘श्रम सेना’ नाम दिएको छ ।