सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

बालेनको चुनावी यात्राका क्रममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

उनी चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष हुन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ माघ, २०८२ मा प्रकाशित
बालेनको चुनावी यात्राका क्रममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन
काठमाडौं, माघ १८ :

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै चुनावी यात्राका क्रममा अछाम पुगेका बेला अचानक बेहोस भएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । 

पत्रकार सिटौलाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । अस्पतालले विज्ञप्ति जारी गर्दै आइतबार १२: ४५ बजे सिटौलाको निधन भएको जनाएको छ ।

सिटौलालाई टाउकामा चोट लागेर ब्रेन ह्यामरेज भएपछि ग्रान्डी अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो। उनी चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत हुन् ।

गत शुक्रबार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा अचानक अचेत भएका सिटौलालाई  नेपाली सेनाको हेलिकोप्टरमा ग्रान्डी अस्पतालमा पुर्‍याइएको थियो । काठमाडौंको टोखा निवासी सिटौला बालेनको टोली सदस्यका रूपमा अछाम पुगेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार