शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

प्रचण्डले भने- म खलनायक बनेर इतिहासका पानामा हराउन चाहन्नँ

‘देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिन्न’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ माघ, २०८२ मा प्रकाशित
प्रचण्डले भने- म खलनायक बनेर इतिहासका पानामा हराउन चाहन्नँ
काठमाडौं, माघ १८ :

नेकपाका संयोजक पुष्पकमल दाहालले आफू खलनायक बनेर इतिहासमा पानामा हराउन नचाहेको उल्लेख गरेका छन् । आफू सत्ताको भागबण्डामा सहभागी नहुने भन्दै दाहालले पुराना नेताहरूको भिडमा नरहेको समेत स्पष्ट पारेका छन्।

आइतबार भिडियो सन्देशमार्फत दाहालले परिवार र सहयात्रीहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाउँदै देशको भविष्यका लागि पारदर्शिता, भ्रष्टाचारको अन्त्य र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको बताए।

उनले नयाँ पुस्तालाई स्वागत गर्ने र आम नागरिकलाई स्वतन्त्र चिन्तन गर्न अपिल गरेका छन्। अहिले युवाहरूको मागजस्तै भ्रष्टाचारको अन्त्य पारदर्शिता र एउटा बलियो सरकार आफूले जनयुद्धका दिनदेखि नै उठाउँदै आएकै माग र एजेन्डा भएको पनि दाहालको भनाइ छ ।

दाहालले सम्बोधनका क्रममा हलिउड फिल्म 'द डार्क नाइट'(२००८) को हार्भे डेन्ट नामक पात्रको संवादसमेत उल्लेख गरेका छन् ।  उनले भने , ‘आफू खलनायकका रूपमा बिदा हुन नचाहेको उल्लेख गर्दै भनेका छन्, 'यदि म धेरैअघि बिदा भएको भए सायद देशले मलाई नायकका रूपमा मात्र सम्झिन्थ्यो होला तर म खलनायक बनेर इतिहासको पानामा हराउनन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन।’ 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार