आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति प्रदेश गण्डकी प्रदेश

देशलाई एकताबद्ध बनाउन राष्ट्रिय सेवा दलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री कार्की

देशभरीका १८ विद्यालयका ५ सय ३० विद्यार्थी दीक्षित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० माघ, २०८२ मा प्रकाशित
देशलाई एकताबद्ध बनाउन राष्ट्रिय सेवा दलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री कार्की
नवलपरासी, माघ २० :

प्रधानमन्त्री सुशीला कार्कीले  देशमा सेवा भावको भूमिकाका लागि सेनाले विद्यार्थीहरुलाई दिएको राष्ट्रिय सेवा दलको तालिम महत्त्वपूर्ण रहेको बताएकी छन् । 

मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित सेनाको मध्य तालिम शिक्षालयमा दीक्षित भएका विद्यार्थीहरुको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएकी हुन् ।

देशको सुरक्षाका लागि अनुशासनको महत्त्वपूर्ण भूमिका हुने चर्चा गर्दै  सेनाद्वारा विद्यार्थीहरुका लागि सञ्चालित राष्ट्रिय सेवा दलको तालिमले राष्ट्रिय एकता र अखण्डतामा ठूलो भूमिका खेलेको बताइन् । राष्ट्रिय सुरक्षामा राष्ट्रिय सेवा दलबाट दिक्षित विद्यार्थीको भूमिका अहम रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

देशभरीका १८ विद्यालयका ५ सय ३० विद्यार्थीहरुले एक सय दिनको तालिम सकेर मंगलबार दिक्षान्त समारोहमा भाग लिएका थिए । नेपाली सेनाले  विद्यार्थीहरुलाई राष्ट्र प्रेम, विपतमा जुट्ने तालिम र शारिरिक सुगठन सम्बन्धी तालिम दिँदै आएको छ ।

हात्तिखोरस्थित सैनिक ब्यारेकमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले विद्यार्थीहरुको कवज, परेड र खेलकुद अवलोकन गर्नुका साथै  तालिम अवधिमा उत्कृष्ट भएका विद्यार्थी र सेनालाई शिल्ड , दर्ज्यानी चिन्ह र प्रमाणपत्र वितरण गरिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार