आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने

· आइतबार, १४ असोज, २०८१ मा प्रकाशित
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने
काठमाण्डौँ , असोज १४ :

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने जनाएको छ ।

काठमाडौँबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुले अक्टोबर ११ तारिखसम्म यात्रा गर्न चाहेमा थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको हो ।

प्रवक्ता रमेश पौडेलले निगमको अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था मिलाइएको र यथाशीघ्र सम्पर्क गरी सो सेवा लिन सूचना जारी गरिएको बताउनुभयो । 

निगमले अन्तर्राष्ट्रियतर्फ भारतका तीन सहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार