काठमाडौं, माघ २१ :
काठमाडौंको बौद्धमा एक करोडभन्दा बढीका गरगहना चोरी भएको छ । टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरीको भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो कपडा सुकाउन छतमा गएको मौकामा ती गरगहनाहरू चोरी भएको बौद्ध प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका साथै प्रहरी वृत्त बौद्धबाट घटनाको अनुसन्धान भइरहेको छ ।
विवाहको मौसम भएकाले बहुमूल्य घरगहनालाई सुरक्षित रुपमा राख्न र आफ्नो घरको सुरक्षामा ध्यान दिन प्रहरीले सवैलाई आग्रह गरेको छ । केही दिनअघि मात्रै मुलपानी क्षेत्रबाट मोटरसाइकलमा लुटपाट गर्दै हिँड्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने
काठमाडौँ महानगरपालिका-४ को एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला
रसुवा बाढी प्रभावितलाई दशैँ अघि नै पुनःस्थापित गर्नेगरी काम भइरहेको छ : पूर्वाधारमन्त्री लम्साल