शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

महेश बस्नेतको आरोप : सरकार मतपरिणाम नै बदल्ने योजनामा लाग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ माघ, २०८२ मा प्रकाशित
महेश बस्नेतको आरोप : सरकार मतपरिणाम नै बदल्ने योजनामा लाग्यो
काठमाडौं, माघ २१ :

नेकपा एमालेका उम्मेदवारहरुले जनताको मत जित्ने एजेन्डाका साथ निर्वाचनमा होमिएको दाबी गरेका छन् । बुधबार काठमाडौं उपत्यकाका उम्मेदवारसँगको संवाद कार्यक्रममा उनीहरुले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारीका साथ जनताको मत जित्ने एजेन्डासहित निर्वाचनमा होमिएको दाबी गरेका हुन् ।

कार्यक्रममा एमालेका नेता एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रमा केन्द्रित भएर छिटै घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिए । उनले विगतमा भएका काम र आगामी दिनमा गरिने कामको समयसूचीसहितको घोषणपत्र आउने बताए ।

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएकाले यसमा पार्टी केन्द्रीत हुने उनको भनाइ छ । नेता पोखरेलले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरूलाई परिमार्जन गर्दै अघि बढ्ने धारणा व्यक्त गरे।

नेता पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै जनतासमक्ष त्यसलाई प्रमाणित गरेर देखाउने दाबी गरे ।  एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको आरोप लगाउँदै उनले बाहिरी षड्यन्त्रलाई चिर्न पार्टी भित्री रूपमा बलियो हुनुपर्नेमा जोड दिए।

त्यस्तै एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको आरोप लगाए । उनले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको आरोप लगाए ।

निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणाम परिवर्तन गर्ने प्रयास भइरहेको उनको भनाइ थियो  । उनले संसद पुन:स्थापनाका विषयमा अदालतले छिटो न्यायनिरुपण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै एमालेका सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद् पुनस्र्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको बताए । उनले मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न आग्रह गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार