आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राजेन्द्र लिङ्देन#पुष्पकमल दाहाल ‘प्रचण्ड’#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका #राजेन्द्र लिङ्देन#पुष्पकमल दाहाल ‘प्रचण्ड’#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका
राजनीति

रेशमलाल चौधरीको रिटमा अन्तिम सुनुवाइ हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ माघ, २०८२ मा प्रकाशित
रेशमलाल चौधरीको रिटमा अन्तिम सुनुवाइ हुँदै
काठमाडौं, माघ २२ :

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको रिटमा आज पेसी तोकिएको छ । 

चौधरीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमा राखिएको छ । आफ्नो उम्मेदवारी खारेजका सम्बन्धमा उनले आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि गत माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो ।  अन्तरिम आदेशका लागि सुनुवाइका लागि आज पेसी तोकिएको हो ।  अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार