बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू #बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू
राजनीति

प्रतिनिधिसभा निर्वाचन : कांग्रेसले कुनैपनि दलसँग चुनावी तालमेल नगर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ माघ, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा निर्वाचन :  कांग्रेसले कुनैपनि दलसँग चुनावी तालमेल नगर्ने
काठमाडौं, माघ २२ :

नेपाली कांग्रेसले आसन्न निर्वाचनमा कुनैपनि दलसँग तालमेल नगर्ने स्पष्ट पारेको छ ।  प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनावमा कसैसँग तालमेल नहुने स्पष्ट पारेका हुन् ।

उनले एक्लै निर्वाचन लड्नका लागि पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको धारणा राखे । यसअघि गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गरेकाले चुनावपूर्वको गठबन्धनमा कांग्रेसको जोड नहुने उनको भनाइ छ ।

प्रवक्ता चालिसेले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराए । यस्ता कामलाई सवै मिलेर निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । प्रवक्ता चालिसेले निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु भएपछि कांग्रेसका सबै नेताहरु खटिने बताए । त्यस्तै प्रवक्ता चालिसेले फागुन २१ गते नै निर्वाचन हुन्छ भन्ने मान्यतामा कांग्रेस अघि बढेकाले निर्वाचन सार्ने अवस्था नदेखिएको बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार