बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
राजनीति स्वास्थ्य

स्वास्थ्यमन्त्री भन्छिन्- सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बिमा बोर्डमा समस्या देखियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ माघ, २०८२ मा प्रकाशित
स्वास्थ्यमन्त्री भन्छिन्- सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बिमा बोर्डमा समस्या देखियो
फाइल तस्बिर ।
ललितपुर, माघ २३ :

स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बिमा बोर्डमा समस्या देखिएको बताएकी छन् । शुक्रबार ललितपुरमा आयोजित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गौतमले स्रोत सहमति पनि नलिई र स्रोत सुनिश्चित नगरी रकमहरू खर्च गरेका कारण स्वास्थ्य बिमा बोर्डको आर्थिक दायित्व बढेको बताइन् ।

वार्षिक बजेटको परिधि भित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्। उनले चालू आर्थिक वर्षमा सरकारले स्वास्थ्य बिमालाई १० अर्ब रुपैयाँ छुट्टाएको जानकारी दिइन् । मन्त्री गौतमले मितव्ययी र स्रोतको सही सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् । त्यस्तै उनले अनियन्त्रित रूपमा पूर्व जानकारी नदिई सेवा विस्तार गर्दै जाने र पैसा माग्ने कुरा उचित नभएको उल्लेख गरिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार