रौतहट, माघ २३ :

रौतहटमा चार वर्षीया बालिकालाई ठक्कर दिने कार चालकविरुद्ध ५ दिन म्याद थप भएको छ । 

बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक रौतटहकै परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको हो ।

मुस्ताखले चलाएको कारलाई बिहीबार रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको उक्त कार उनको चुनावी प्रचारमा खटिएका बेला दुर्घटना भएको थियो ।