बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

थापाको पार्थिव शरीरमा कलाकारहरुद्वारा श्रद्धाञ्जली अर्पण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ माघ, २०८२ मा प्रकाशित
थापाको पार्थिव शरीरमा कलाकारहरुद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौं, माघ २५ :

वरिष्ठ कलाकार सुनील थापाको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि यतिबेला चलचित्र विकास बोर्डमा राखिएको छ। 

श्रद्धाञ्जली दिन नीर शाह, बसुन्धरा भुसाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,सरोज खनाल,गैरी मल्ल,करिश्मा मानन्धर, निर्मल शर्मा, रेखा थापा, धिरेन शाक्यलगायत नयाँ तथा पुराना कालाकारहरु पुगेका छन्। स्वर्गीय थापाप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनीहरु निकै भावुक देखिन्थे ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयघातका कारण थापाको निधन भएको हो । नेपाली चलचित्रमा खलनायकको भूमिकामा सफल थापा ‘राते काइँला’ को नामले पनि चर्चित थिए । थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।उनको परिवारका सदस्य भारतको मुम्बईमा बस्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार