शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

ललितपुरमा वृद्धको हत्यामा संलग्न ३ भारतीय जेल चलान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ माघ, २०८२ मा प्रकाशित
ललितपुरमा वृद्धको हत्यामा संलग्न ३ भारतीय जेल चलान
ललितपुर, माघ २५ :

ललितपुरमा ८३ वर्षीय वृद्ध गर्जमान थापाको हत्या घटनामा पक्राउ परेका तीनै जना भारतीय नागरिक जेल चलान भएका छन् । 

जेल चलान हुनेहरूमा भारत बिहार रक्सौल पूर्वी चम्पारन मोतिहारी हर्दियाकोठी–९ का २३ वर्षीय सदाम भनिने मोहमद सद्दाम मन्सुरी, हर्दियाकोठी–५ का छोटु भनिने युसुफ हवारी र सोही ठाउँका २२ वर्षीय मोहमद नोमान छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतको आदेशपछि उनीहरूलाई ललितपुरकै नख्खु कारागार चलान गरिएको छ । उनीहरूले ८३ वर्षीय गर्जमानको हत्या गरेको आरोप छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार