काठमाडौं, माघ २५ :

काठमाडौँ उपत्यकाको वायु प्रदूषण केही दिन यता बढ्दै गएको छ । हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स का अनुसार अहिले काठमाडौँ प्रदूषणको नवौँ स्थानमा छ।

आज बिहानसम्म काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको थियो। विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो भएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु वायु प्रदूषण बढेको हो।