
काठमाडौं, माघ २५ :
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई हाजिरी जमानतमा रिहा भएका छन् । अदालतले आदेश दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा छाडेको हो ।
उनलाई प्रहरीले पर्साको वीरगन्जमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन जान लागेका बेला चाल्नाखेलबाट नियन्त्रणमा लिएको थियो । विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लघंन गरेको उनीमाथि आरोप लागेको थियो । उनी पटकपटक पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।