काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र साहको चप्पल कारखानास्थित घरमा चोरी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगर-१६ का ४२ वर्षीय मनिष राजवहाक, सिन्धपुाल्चोक लिसंखुपाखर-६ घर भइ काठमाडौं-३१ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल वसलगढी- ६ भइ धादिङ धुनिबेँसी नगरपालिका-७ का ४५ वर्षीय संजय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।उनीहरुलाई काठमाडौं विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
परिसरका एसएसपी रमेश थापाका अनुसार राजवहाक जेन-जी आन्दोलनका क्रममा भदौं २४ मा नख्खु कारागारबाट भागेका कैदी हुन् । पक्राउ परेका तीनैजना यसअघि विभिन्न कसुरमा जेल परेका व्यक्ति हुन् । उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप, सुनका गरगहना, सीसीक्यामेरालगायत सामान समेत बरामद गरेको जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो