आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक #आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक
राजनीति

प्रचण्डको आशंका- लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको छ

‘विरासत नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजे’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ माघ, २०८२ मा प्रकाशित
प्रचण्डको आशंका- लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको छ
काठमाडौं, माघ २६ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् ।

सोमबार नेकपा काठमाडौं–५ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक चलखेल गर्ने गरेको र त्यसको प्रभाव नेपालमा पनि देखिएको बताए ।

विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजेको उनको भनाइ छ । यस्ता प्रवृतिको प्रतिबाद गर्नको लागि पनि एउटा नयाँ संकल्प, नयाँ समीक्षासहित फेरि राष्ट्रको निम्ति र जनताको निम्ति समर्पित रूपले लाग्ने तागत चाहिएको प्रचण्डले बताए । उनले त्यही तागत सृष्टि गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्दै अगाडि बढेको उल्लेख गरे ।

संयोजक प्रचण्डले विकास निर्माण, सुशासन, भ्रष्टाचारका विरुद्ध, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक विकास र समृद्धिको उत्पादन र रोजगारी सृष्टि गर्ने लगाएत नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले जनतामा फेरि एकचोटि आशा र भरोसा बढ्दै गएको दाबी गरे ।

उनले अहिलेको जमाना सोसियल मिडिया, आइटीको भएपनि घर–घरमा गएर जनतालाई प्रत्यक्ष बुझाउने तरिका जस्तो प्रभावकारी अरू नहुने धारणा राखे । अहिले नयाँ विचार, सबभन्दा नयाँ राजनीति एजेन्डा भएको पार्टी नेकपा मात्रै भएको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार