शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा

· सोमबार, १५ असोज, २०८१ मा प्रकाशित
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा
लुम्बिनी, असोज १५ :

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । 

१५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नुभएको हो । 

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०- ८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका एक सय ३० शून्य मात्राका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ ।

लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार आठ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । 

घोषणा कार्यक्रममा स्वास्थ्यमन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार