काठमाडौं, फागुन ४ :

यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि औपचारिक प्रचारप्रसार सुरु भएको छ। जसअनुसार दल तथा उम्मेदवारहरूले सभा, जुलुस र सञ्चारमाध्यममार्फत प्रचार गर्न पाउनेछन्। 

आयोगका अनुसार प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था  गरेको छ ।  

आचारसंहिता उल्लङ्घन भएको पाइएमा जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने आयोगले जनाएको छ। आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ ।

आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न  पाउनेछन् । चुनाव प्रचारप्रसार सुरु हुने अघिल्लो दिन आयोगले आइतबार दलहरुका लागि ६३ बुदेँ निर्देशन पनि जारी गरेको थियो ।