शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति भिडियो

आईटीको विकासमा गगन थापाको रोडम्याप : ‘हावादारी होइन, सम्भव छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ फागुन, २०८२ मा प्रकाशित
आईटीको विकासमा गगन थापाको रोडम्याप : ‘हावादारी होइन, सम्भव छ’
काठमाडौं, फागुन ४ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले  सूचना प्रविधि (आईटी) क्षेत्रमार्फत नेपालमा ठूलो आर्थिक सम्भावना सिर्जना गर्न सकिने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले आईटी क्षेत्रको विकासका लागि आफूले अघि सारेको योजनाबारे प्रष्ट पारे। उनले आईटीमार्फत युवाहरूलाई स्वदेशमै उच्च आम्दानीको अवसर उपलब्ध गराउने आफ्नो दीर्घकालीन सोच रहेको उल्लेख गरे।

‘मैले केही समयअघि कीर्तिपुरको एउटा सभामा यही कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर युवाहरूलाई महिनाको तीन–चार लाख रुपैयाँ कमाउने बनाउन सकिन्छ भनेको थिएँ,’ उनले भने, ‘त्यतिबेला त्यो कुरा हाँसोको विषय बन्यो, निकै ट्रोल पनि भयो। तर मैले हावादारी कुरा गरेको थिइनँ। त्यो कुनै उडन्ते सपना होइन, गर्न सकिन्छ भन्ने मेरो विश्वासको कुरा थियो।’

थापाले अहिले पनि आईटी क्षेत्रमार्फत ग्लोबल स्केलका अवसरहरू नेपालमा भित्र्याउने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनका अनुसार नेपालमा सूचना प्रविधिको क्षेत्रमा केही प्रयासहरू भइरहेका भए पनि ती पर्याप्त छैनन्। यस क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने गरी नीतिगत तथा संरचनात्मक सुधार आवश्यक रहेको उनको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार