सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

आगामी निर्वाचनमा महिलाको सहभागिता बढाउनुपर्छ : मन्त्री श्रेष्ठ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ फागुन, २०८२ मा प्रकाशित
आगामी निर्वाचनमा महिलाको सहभागिता बढाउनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौं, फागुन ४ :

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर रहेको बताएकी छन् ।

सामुदायिक रेडियो प्रसारक संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री श्रेष्ठले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर रहेको बताएकी हुन् ।

उनले निर्वाचन तयारीका सन्दर्भमा सुरक्षा लगाएतको जानकारी लिँदा सहज रुपमा मतदान गर्न सक्ने अवस्थाका बारेमा पनि सूचनाहरु संकलन भइरहेको उल्लेख गरिन् । फागुन २१ को निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरू सबै अग्रसर भएर अत्यन्त तीव्र गतिमा तयारी भइसकेको उनले बताइन् ।

मन्त्री श्रेष्ठले वर्तमान सरकारको प्रमुख म्याण्डेड निर्वाचन भएकाले निष्पक्ष, स्वच्छ, स्वतन्त्रता, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारको रहेको धारणा राखिन् ।

मन्त्री श्रेष्ठले आगामी हरेक निर्वाचनमा महिलाको न्यून प्रतिनिधित्व हुने गरेको भन्दै आगामी दिनमा राजनीतिक दलहरु यसमा ध्यान दिनुपर्ने र निर्वाचन आयोगले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार