झापा, फागुन ५ :

झापाको कन्काई नदी पुलमा आज बिहान फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।  शंकास्पद वस्तुलाई निष्क्रिय पारेसँगै पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पुनः सुचारु भएको छ।राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु बीच बाटोमै अलपत्र परेका थिए।

शंकास्पद वस्तु देखिएलगत्तै सुरक्षा सतर्कता अपनाउँदै पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त शंकास्पद वस्तु नक्कली बम रहेको खुलेको छ।