शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पैदलयात्रीलाई मुक्का हान्ने कारचालक पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ फागुन, २०८२ मा प्रकाशित
पैदलयात्रीलाई मुक्का हान्ने कारचालक पक्राउ
काठमाडौं, फागुन ५ :

पैदलयात्रीलाई मुक्का हान्ने कारचालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।  कुटपिट गर्ने व्यक्ति वैतडी घर भई हाल बालुवाटार बस्ने ४२ वर्षीय पारस बम रहेको र उनलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको आधारमा प्रहरीले मुक्का हान्ने बमलाई नियन्त्रणमा लिएको हो । चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए ।

कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको थियो। भिडियोमा ती व्यक्तिले कारबाट झरेर वृद्ध जस्तो देखिने व्यक्तिलाई मुक्का हानीहाल्छन् । त्यसपछि अर्की एक महिला आएर पनि ती पैदलयात्रीलाई गाली गरेको भिडियोमा सुनिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार