शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति हो : सभापति थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ फागुन, २०८२ मा प्रकाशित
सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति हो : सभापति थापा
फाइल तस्बिर ।
काठमाडौं, फागुन ७ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रितसम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२÷६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको बताए । 

फागुन ७ गते प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी  गर्दै उनले कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन भएको उल्लेख गरे । विसं २००७ को ऐतिहासिक जन–क्रान्तिले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गरेको गौरवमय दिनका उहाँले समस्त नेपालीमा शुभकामना व्यक्त गरे ।

‘कात्तिक २६, २००७ देखि प्रारम्भ भएको ऐतिहासिक जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र होइन; आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकलगायत हरेक क्षेत्रमा यसले अग्रगामी मार्ग प्रशस्त गरेको थियो,’ सभापति थापाले उल्लेख गरेका छन्,‘मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चाल्यो । प्रजातन्त्रसँगै सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जन–सहभागिताको बलियो आधार पनि यही दिनले निर्माण ग¥यो ।’

उनले राष्ट्रिय स्वाधिनता र नागरिक अधिकार लागि पटक–पटक भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनमा अनेकौ सपूतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका छन्  । सभापति थापाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रुपान्तरण गर्न सक्यौँ भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिने सहिदहरुप्रति सच्चा सम्मान प्रकट हुने बताए ।

लोकतन्त्र स्थापना र पुनःस्थापनाको सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहीदप्रति श्रद्धासुमन अर्पण गर्दै सभापति थापाले उनीहरूको त्याग, साहस र बलिदानको उच्च सम्मान गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार