काठमाडौं, फागुन ७ :

नेकपा (एमाले) नेता एवं पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनी कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस सभापति गगन थापाले मानन्धरलाई स्वागत गर्दै कांग्रेसको सदस्यता पनि प्रदान गरे।

काठमाडौँ-७ बाट तीन पटक एमालेबाट सांसद निर्वाचिन भएका मानन्धर पछिल्लो समय एमालेमा निष्क्रिय रहेका थिए।  त्यस्तै, एमालेका रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन्।  गगन थापाले कांग्रेसको नेतृत्व सम्हालेपछि सो पार्टीप्रति युवाहरुको लोकप्रियता बढेको दाबी गरिएको छ ।