
पोखरा, फागुन ७ :
जावलाखेल युथ क्लबले १४ वर्षपछि आहा–रारा गोल्डकपको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीबार जावलाखेल युथ क्लब १–० ले विजयी भएसँगै फाइनल समीकरण टुंगो लागेको हो ।
उज्वेकिस्तानको आभा एफसीविरुद्ध आत्मघाती गोलका कारण जावलाखेल १–० ले विजयी भयो। खेलको ५२ औं मिनेटमा जावलाखेलका धर्वेन्द्र कुँवरले प्रहार गरेको क्रसलाई रोक्ने क्रममा आभाका डिफेन्डर कुशान गानिजानोभले असावधानीवश बल आफ्नै छातीमा टच गर्दै गोलमा परिणत गरिदिए । अब जावलाखेलले उपाधिका लागि आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।