
काठमाडौं, फागुन ८ :
गृह मन्त्रालयले उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाएको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै मन्त्रालयले चुनाव अवधिभरका लागि यो निर्णय लागु गरेको हो ।
त्यस्तो गाडीको प्रयोग सुरक्षा दृष्टिकोणले चुनौतीपूर्ण हुनसक्ने निष्कर्ष निकाल्दै सुरक्षा निकायले सुरक्षा समिति बैठकमा गरेको थियो । ‘रुट टप गाडी’मा उभिएर प्रचार गर्दा उम्मेदवारलाई नै जोखिम हुन सक्ने सुरक्षा अधिकारीहरुले बताएका छन् ।
२१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह, सभापति रवि लामिछानेसहितका नेताहरूले यस्ता सवारीसाधन प्रयोग गरिरहेका छन् । गाडीमा उभिदा सम्बन्धित व्यक्ति स्पष्टसँग देखिने हुँदा कसैले गलत नियत राखे टार्गेट बनाउन सजिलो हुन्छ ।