बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय गौरमा सर्वपक्षीय बैठक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० फागुन, २०८२ मा प्रकाशित
अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय गौरमा सर्वपक्षीय बैठक
रौतहट, फागुन १० :

गौरलगायतको क्षेत्रको अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयमा अहिले सर्वपक्षीय बैठक बसिरहेको छ । यस्ता घटना दोहोरिन नदिन सर्वपक्षीय छलफलबाट निकास निकाल्ने प्रयास भइरहेको छ । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरु सहभागी छन् ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बैठकबाट ठोस निष्कर्ष निस्कने बताए । गौर नगरपालिका–६ स्थित सबगढा गाउँमा शुक्रबार जन्तीको विषयमा झडप हुँदा अवस्था तनावपूर्ण बन्न पुगेको थियो । स्थितिलाई थप भड्किन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । झडपको क्रममा आधा दर्जन सवारीसाधनमा आगजनी र तोडफोड भएका थिए ।

शासनले लगाएको कर्फ्युका कारण गौरलगायत आसपासको क्षेत्र सुनसान छ । बजार र आसपास क्षेत्रमा ठूलो सख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार