मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
राजनीति

झापा- ५ को सुरक्षा व्यवस्था कडा, साविकको तुलनामा तीन गुणा प्रहरी थप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ फागुन, २०८२ मा प्रकाशित
झापा- ५ को सुरक्षा व्यवस्था कडा, साविकको तुलनामा तीन गुणा प्रहरी थप
काठमाडौै, फागुन १३ :

आगामी निर्वाचनलाई लक्षित गरी झापा- ५ को सुरक्षा व्यवस्था कडा पारिएको छ। 

झापा जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार निर्वाचनलाई लक्षित गरी जिल्लामा साविकको तुलनामा तीन गुणा बढी प्रहरी थप गरिएको छ।गृहमन्त्रालयले निर्वाचनका लागि पाँच जना डीएसपीसहित दुई हजारभन्दा बढी सुरक्षाकर्मी झापा-५ मा तैनाथ गरेको छ। 

अहिले गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकामा पनि डीएसपीकै कमाण्डमा सुरक्षाकर्मीहरू तैनाथ भएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी मैदानमा रहेका कारण गृह मन्त्रालयले त्यस क्षेत्रको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको हो। झापासँगै सरकारले देशभरका सातै प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बाट अतिरिक्त टोली परिचालन गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार