बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश गण्डकी प्रदेश

बागलुङमा ५९ थान हातहतियार बुझाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ फागुन, २०८२ मा प्रकाशित
बागलुङमा ५९ थान हातहतियार बुझाइयो
फाइल तस्बिर ।
बागलुङ, फागुन १३ :

निर्वाचनको समयमा इजाजत प्राप्त हातहतियार नबुझाए हतियारको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने भएको छ । बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार बुझाइएका छन् ।

जिल्लामा अझै ८३ थान हातहतियार बुझाउन बाँकी रहेकाले अटेरी गर्नेको लाइसेन्स खारेज गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले फागुन २१ गते हुने प्रतिनिभिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निजी हातहतियार बुझाउन आग्रह गरेअनुसार अहिलेसम्म ५९ थान हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको हो ।

बागलुङमा दर्तावाला मात्रै १४२ हतियार रहेकामा छन् । निर्वाचनको समयमा हुनसक्ने उच्छृङ्खल गतिविधि रोक्ने र शान्ति सुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएकामा अहिलेसम्म ५९ थान लाइसेन्स प्राप्त भरुवा, ‘सट गन’लगायत हतियार प्राप्त भएको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए।

निर्वाचनलाई मध्यनजर गर्दै गत माघ ८ गते बसको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लाभित्र विभिन्न व्यक्ति तथा समूहको नाममा रहेका सबै प्रकारका इजाजत प्राप्त हातहतियार र सोको खरखजाना बुझाउन सूचना जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउन जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।

प्रजिअ आचार्यका अनुसार निर्वाचन अघिसम्म हतियार बुझाउन पाइने बताए । उनले समयमा नबुझाएका हतियार निर्वाचनमा फेला परेमा लाइसेन्स रद्द गरिने जानकारी दिए । जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार र विभिन्न काममा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन सूचना जारी गरेको थियो ।

प्रहरीले निर्वाचन लक्षित गरी चलाएको ‘सर्च अप्रेशन’मा ११५ थान अवैध हातहतियार बरामद गरेको थियो । एक सय १५ थान हतियार अवैध रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार