
‘जेनजी मुभमेन्ट अलायन्स’ले गौरीबहादुर कार्की नेतृत्वको जाँझबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेर उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विगतमा बनेका आयोगका प्रतिवेदनजस्तै कार्की आयोगको प्रतिवेदन पनि दराजमै सिमित हुने हो कि भन्ने उनीहरुको आशंका छ । अभियन्ताहरु अमित खनाल, मजिद अन्सारी, जय गुप्ता लगायतले निर्वाचनलगत्तै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीको प्रतिबद्धता समेत मागेका छन् ।
जेनजी अभियन्ताहरुले निर्वाचनलगत्तै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीको प्रतिबद्धता समेत मागेका छन् । रक्षा बम नेतृत्वको ‘जेनजी फ्रन्ट नेपाल’ले पनि सरकारको नियतमाथि प्रश्न उठाएको छ ।
कार्की नेतृत्वमा गठित जाँझबुझ आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिनको काम सके पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । तत्काल प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गरियोस् भन्ने अलायन्सको माग छ । सरकारले आयोगको म्याद पटक पटक थप्दै फागुन २२ गतेसम्म पुर्याएको छ ।