
काठमाडौं, फागुन १४ :
सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको हो । उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।
निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। ।