बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ फागुन, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, फागुन १४ :

काठमाडौँको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।    

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिक सडकमा बा ११ च ४७३८ नम्बरको मिनी टाटाले बा ८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी हाइट बस्ने ३० वर्षीय पवन तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा आज मृत्यु भएको हो । मिनीटाटा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार